माओबादी बाराहापोखरी अध्यक्षमा मुकेश

१ हप्ता अघि

२0८२ जेष्ठ १३ सोमबार
माओबादी बाराहापोखरी अध्यक्षमा मुकेश

खोटाङ, जेठ १३ 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बराहपोखरी गाउँपालिका अध्यक्षमा मुकेश राई चयन भएका छन् । पार्टीको दोस्रो गाउँ कमिटी पूर्ण बैठकले पदाधिकारी चयन गर्ने सिलसिलामा राईलाई अध्यक्ष चयन गरेको हो । 


३१ सदस्यीय गाउँ कमिटी ३ उपाध्यक्षमा क्रमशः पदमबहादुर मगर, अजम तामाङ र गणेश परियार छानिएका छन् । सचिवमा रामबहादुर विश्वकर्मा चयन हुँदा सहसचिव बलबहादुर राई र कोषाध्यक्षमा मनिषा विश्वकर्मा छानिएकी छिन् । 


नवनिर्वाचित कमिटीसहित पदाधिकारीलाई पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ०ले पद तथा गोपणीयताको शपथ  गराएका छन् । 


१० स्थानीयतह रहेको खोटाङमा माओबादीले ९ वटामा सम्मेलन सम्पन्न गरिसकेको जनाएको छ । बाँकी रावाबेँसी गाउँपालिकाको सम्मेलन पनि छिट्टै गर्ने तयारी भईरहेको पार्टीले जनाएको छ ।