लिमचुङबुङ किसान क्रान्तिकारीमा गणेश

१ दिन अघि

२0८२ जेष्ठ १३ सोमबार
लिमचुङबुङ किसान क्रान्तिकारीमा गणेश

उदयपुर, जेठ १३

नेकपा (माओबादी केन्द्र)को किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) लिमचुङबुङको अध्यक्षमा गणेश राई चयन भएका छन् । महासङ्घका १ नं. प्रदेश कमिटी सचिव रुद्र अधिकारीको उपस्थितिमा मङ्गलबार सम्पन्न ऐतिहासिक गाउँ सम्मेलनले राईको नेतृत्वमा २५ सदस्यीय नयाँ गाउँ कमिटी सर्वसम्मत चयन गरेको हो ।   


कमिटीका ३ उपाध्यक्षमा क्रमशः जमुना कार्की, युवराज राई र सागर राई छानिएका छन् । त्यस्तै सचिव मायाशेर राई चयन हुँदा सहसचिव नरबहादुर परियार र कोषाध्यक्षमा दुतमाया मगर छानिएको निर्वाचन मण्डलले जनाएको छ । 


सम्मेलनले सदस्यमा अम्मर राई, नारदमणि मगर, भक्तबहादुर थापा, भिमकुमारी सुगरपाक, भक्तबहादुर मगर, डोलराज मगर, पम्फा राई, रोहिदास खत्री, एकबहादुर मगर, दिनेशकुमार आले र केशव थापालाई छानेको छ । त्यस्तै पूर्णप्रसाद कोईराला, मणिराज राई, शेरबहाुदर बुढाथोकी, तोयाहाङ राई, दइन्द्र राई, गगन राई र खमान राईलाई पनि नवगठित कमिटीको सदस्य बनाइएको छ । 


नवगठित कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यलाई प्रदेश सचिव अधिकारीले मङ्गलबारै सपथ गराएका छन् । महासङ्को विधान बमोजिम गाउँ कमिटी ५१ सदस्यीयसम्म बनाउन सकिने हुनाले सो निर्णय गर्ने अधिकार नवगठित कमिटी अध्यक्ष गणेश राईलाई दिने निर्णय पनि हलबाटै भएको छ ।  

 

लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, नेकपा (माओबादी केनद्र) गाउँ पार्टी इन्चार्ज कृष्ण निरौला, गाउँ पार्टी अध्यक्ष भिम किरातीलगायत नेता कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागितामा सम्पन्न सम्मेलनपछि वडा र टोलस्तरसम्म किसानलाई एकीकृत गर्दै सङ्गठन विस्तार अभियानमा लाग्ने नवगठित अध्यक्ष राईले बताएका छन् ।