वाईसिएल १ नंं प्रदेश अध्यक्षमा आयन्द्र, उदयपुरबाट २ पदाधिकारी

१ दिन अघि

२0८२ जेष्ठ १0 शुक्रबार
वाईसिएल १ नंं प्रदेश अध्यक्षमा आयन्द्र, उदयपुरबाट २ पदाधिकारी

उदयपुर, जेठ ९

नेकपा (माओवादी केन्द्र)को युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको १ नं. प्रदेश अध्यक्षमा आइन्द्रविक्रम लिम्बु निर्वाचित भएका छन् । १ नं. प्रदेशको भर्खरै सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनले उनको अध्यक्षतामा सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।


कमिटीका उपाध्यक्षमा दिलबिक्रम लिम्बु, टाईसन केरूङ थेगिम चयन भएका छन् भने सचिवमा सुभलाल राई (आदेश) छानिएका छन् । ६ सहसचिवमा क्रमशः ईश्वर पोखरेल, दिलिप जगेबु, उषा परिवार, जनक लुहागुन, रोहितकुमार आङ्बो र टेकबहादुर रसाईली छानिएका छन् भने कोषाध्यक्ष युवराज राई चयन भएका छन् । 


६४ सदस्यीय नवनिर्वाचित प्रदेश कमिटीमा उदयपुरबाट दुई युवा पदाधिकारीसहित ८ जनाको प्रतिनिधित्व भएको छ । १ नं. प्रदेश इन्चार्ज तथा केन्द्रीय उपमहासचिव एबिराज राईका अनुसार अनुशासन आयोग अध्यक्षमा लिमचुङबुङका जनदिप थापा मगर परेका छन् भने सहसचिवमा कटारीका इश्वर पोखरेलले स्थान जमाएका छन् । 


वाईसिएल उदयपुर इनचार्ज ज्ञानेन्द्र मगरका अनुसार नवनिर्वाचित प्रदेश कमिटी सदस्यमा त्रियुगाका अर्जुन तामाङ र पुजना राई, लिमचुङबुङका पुष्पलाल राई, कटारीका बिकल बराल र कल्पना राई समेटिएका छन् । त्यसैगरी लेखा आयोग सदस्यमा त्रियुगाका सुरज साह चयन भएको उनले बताए । 

क्याप्सनः नवनिर्वाचित वाईसिएल प्रदेश पदाधिकारी ।