स्थानीयतहहरुलाई बेरुजुले कस्दै, त्रियुगा र लिमचुङबुङमा धेरै

१ दिन अघि

२0८२ जेष्ठ १0 शुक्रबार
स्थानीयतहहरुलाई बेरुजुले कस्दै, त्रियुगा र लिमचुङबुङमा धेरै

उदयपुर, जेठ ९

आर्थिक वर्ष ०८०/८१ मा उदयपुरका स्थानीयतहको बेरुजु साढे ३१ करोडभन्दा बढी आएको छ । महालेखा परीक्षण (मलेप)ले सार्वजनिक गरेको प्रतिबेदनमा सो बेरुजु आँकडा देखाएको हो ।

 

जिल्लाका ४ नगर र ४ गाउँपालिका गरि ८ स्थानीयतहको बेरुजु ३१ करोड ५३ लाख ८३ हजार देखाइएको छ । सबभन्दा धेरै सदरमुकाम त्रियुगा नगरपालिकाको १२ करोड ३० लाख ९१ हजार बेरुजु छ । अङ्कका आधारमा नगरतर्फ सबभन्दा कम बेलका नगरको छ भने गाउँपालिकातर्फ सबभन्दा बढी लिमचुङबुङ र सबभन्ददा कम उदयपुरगढीको छ ।


नगरतर्फ दोस्रो ठूलो बेरुजु चौदण्डीगढी नगरपालिकाको छ । चौदण्डीगढीको ४ करोड ४० लाख ८ हजार हुँदा कटारी नगरपालिकाको बेरुजु ४ करोड १९ लाख ८७ हजार रहेको मलेपको प्रतिबेदनमा उल्लेख छ । बेलका नगरपालिकाको बेरुजु ४ करोड १७ लाख ३६ हजार देखिएको छ ।

 

गाउँपालिकातर्फ सबभन्दा बढी लिमचुङबुङको बेरुजु २ करोड ४१ लाख ४३ हजार आएको छ । ताप्लीको १ करोड ५२ लाख २९ हजार छ भने रौतामाईको बेरुजु १ करोड ३० लाख ७२ हजार प्रतिबेदनले देखाएको छ ।  उदयपुरगढीको भने जम्मा बेरुजु १ करोड २१ लाख १७ हजार छ । 


प्रतिशतका हिसावले त्रियुगाको बेरुजु ३.५९, लिमङङको ३.४४, बेलकाको २.३७, चरौदण्डीगढीको २.२३ प्रतिशत छ । त्यस्तै कटारीको २.०२, ताप्लीको १.७८ र उदयपुरगढीको ०.८५ प्रतिशत बेरुजु मलेपको प्रतिबेदनमा उल्लेख छ ।