गाईघाट दिक्तेल सडक निर्माण सुचारु

६ दिन अघि

२0८२ जेष्ठ ५ आईतवार
गाईघाट दिक्तेल सडक निर्माण सुचारु

उदयपुर, जेठ ४ 

सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक अन्तर्गत खोटाङतर्फ रोकिएको काम सुचारु हुने भएको छ । आईतबार सिल्यान्यास भएसँगै ३ वर्षअघि रोकिएको सडक निर्माणकबध काम सुचारु भएको हो ।


उदयपुर र खोटाङ सीमाना फोक्सिन्टारमा आयोजित एक कार्यक्रममा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र खोटाङबाट निर्वाचित प्रतिनिभिसभा सदस्य रामकुमार राई (पासाङ)ले अबरुद्ध सडकको संयुक्रुपमा सिल्यान्यास गरेका छन् । स्तरोन्नतिसहित सडक कालोपत्रे गर्नेगरी पहिले लगाएको ठेक्का सम्झौता अनुसार १० वर्षसम्ममा पनि काम नभएपछि रेखदेख गर्ने निकाय गाईघाट दिक्तेल सडक योजना कार्यालयले ०७८/७९ मा ठेक्का तोडेको थियो । पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाएपछि मन्त्री र साँसद बोलाएर सिल्यान्यास गराएको योजना कार्यालय प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए ।


ज्ञवालिका अनुसार नयाँ ठेक्का दुई खण्डमा लागेको छ । फोक्सिन्टारदेखि राजापानीसम्म र राजापानीदेखि महुरेसम्म ४८.४० किलोमिटर सडक निर्माण हुनेछ । दुवै खण्डको सडक सिल्यान्याससँगै काम सुचारु भएको उनले बताए ।


मन्त्री दाहाल र साँसद राईले सिल्यानयास कार्यक्रममा पुग्नुअघि योजना कार्यालयको गाईघाटस्थित नवनिर्मित भवनको उद्घाटन गरेका थिए । स्थापनाकालदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको योजना कार्यालयले आईतबारदेखि आफ्नै भवनबाट कामकाज सुचारु गरेको छ । 


लोकमार्गको जिरो माईल त्रियुगा बसपार्कदेखि गाईघाट मुख्यचोकसम्म र बरुवा पुलदेखि साउने खण्डको ४ किलोमिटर  स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजनाभित्रबाटै भवन बनेको हो । ४ किलोमिटर सडक कालोपत्रे गर्ने योजनामै समेटिएको अढाईतले भवनका लागि सतासी निर्माण सेवा प्रालि झापाले मूल्य अभिबृद्धि कर (भ्याट) सहित ८ करोड २३ लाख ३३ हजार १ सय ११ रुपैयामा ०८१ मङ्सिरमा ठेक्का लिएको डिई ज्ञवालीले बताए । 


योजना सम्पन्न मिति ०८२ असार मसान्तसम्म रहेको सम्झौतामा उल्लेख छ ।