मध्यपहाडी लोकमार्ग अभियानः प्रचण्डद्वारा अग्र्यानिक मार्टको अवलोकन

२ दिन अघि

२0८२ जेष्ठ ९ बिहीबार
मध्यपहाडी लोकमार्ग अभियानः प्रचण्डद्वारा अग्र्यानिक मार्टको अवलोकन

रूकुम पूर्व, जेठ ८

मध्येपहाडी लोकमार्ग जागरण अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को टोली रुकुम पूर्व पुगेको छ । पार्टी अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जागरण अभियानको क्रममा बिहीबार विहान रूकुम पूर्वको भुमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गत अर्गानिक सहकारी मार्टको अवलोकन गरेका छन् । 

 

अध्यक्ष प्रचण्डले सहकारीले स्थानीय उत्पादनको बजारिकरण तथा कृषकलाई उत्पादनमुखी बनाउन सहयोग पुर्‍याउँदै आएको कुराको प्रशंसा गरेका छन् । अवलोकनको क्रममा सहकारीका अध्यक्ष रामेश्वर बुढा मगरले सहकारीका कार्यक्रमहरू र गतिविधिबारे प्रचण्डलाई जानकारी दिदै स्थानीय अर्गानिक वस्तुको माग उच्च रहेको उल्लेख गर्दै त्यसअनुसार उत्पादन बढाउनुपर्ने खाँचो औल्याए ।


अध्यक्ष प्रचण्डलाई अध्यक्ष बुढा मगरले सहकारीका अर्गानिक उत्पादनहरू उपहारस्वरूप प्रदानसमेत गरेका थिए ।