१४ घण्टा अघि
२0८२ जेष्ठ ११ शनिबारकास्की, जेठ १०
‘जनतासँग माओवादी-मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’को क्रममा कास्की पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दल रहेका छन् । बामपन्थी दलहरूले कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
यसै क्रममा जनयुद्धका क्रममा अध्यक्ष प्रचण्ड राज्यपक्षबाट बेपत्ता पारिएका बेपत्ता योद्धा पूर्ण पौडेलको घर पुगेका छन् । त्यहाँ पुगेर परिबार र आमा मोतिमाया पौडेसँग भेट कुराकानी गर्नुका साथै आमासँगै खाना खाएका छन् । त्यसैगरी प्रचण्डलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीसहित यातायातसँग सम्बन्धित विभिन्न संस्थाहरूले पनि ज्ञापनपत्र बुझाएका छन्।