प्रहरी व्याडमिन्टन एसपीको जोडी प्रथम 

४ घण्टा अघि

२0८२ जेष्ठ १२ आईतवार
प्रहरी व्याडमिन्टन एसपीको जोडी प्रथम 

उदयपुर, जेठ ११

जिल्ला प्रहरी कार्यालय उदयपुरद्वारा आयोजित ‘मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगता’मा प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीको जोडी प्रथम भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा विभिन्न जोडीलाई पराजित गर्दै एसपी योगी र हिमाल श्रेष्ठको जोडी प्रथम भएको हो । 


प्रतियोगितामा मीनबहादुर खड्का र खड्ग भुजेलको जोडी उपविजेता भयो । जिल्ला प्रहरी परिसरकै नवनिर्मित कभर्डहलमा आयोजित प्रतियोगितामा विभिन्न स्थानीयतह, प्रहरी युनिट र कर्मचारी टिम गरी १६ जोडीले स्पर्धा गरेका थिए । 


विजयी प्रथम र दोस्रो हुने जोडीलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, जिल्ला ब्याडमिन्टन सङ्घ उदयपुरका अध्यक्ष कालिदास राई (किसन),सशस्त्र प्रहरी प्रमुख एसपी सुशिलकुमार शाही र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम पाण्डेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । 


पुरस्कार ग्रहण गर्दै प्रहरी प्रमुख योगीले खेलकुदको माध्यमबाट स्वास्थ्य, तन्दुरुस्ती तथा शारीरिक स्फुर्तिको ताजगी ल्याउन व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको बताए । शान्ति सुरक्षामा खट्न स्वास्थ्य तन्दुरुस्ती पनि प्रहरी कर्मचारीलाई उत्तिकै आवश्यक रहेको भन्दै उनले स्वस्थ्य शरिर र स्वस्थ्य मानसिक्ताले सुरक्षा सेवा थप प्रभावकारी बनाउन सकिने बताए ।