गणतन्त्रले पितृसत्ताको क्रमभङ्ग: प्रचण्ड

१ दिन अघि

२0८२ जेष्ठ १६ बिहीबार
गणतन्त्रले पितृसत्ताको क्रमभङ्ग: प्रचण्ड

उदयपुर, जेठ १५

नेकपा माओबादी ९केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु)ले गणतन्त्र दिवसको शुभकामना दिएका छन् । ज्ञातअज्ञत सहिद, घाईते, अपाङ्ग र बेपत्ता परिवारजनको अथाह त्याग, बलिदान र समर्पणले गणतन्त्र प्राप्त भएको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुको उच्च सम्मान गर्ने बताएका छन् ।

 

 

प्रचण्डले गणतनत्रको स्थापनाासँगै पितृसता्मक बंशीय शासन सत्ताको अन्त्य गरि सर्वसाधारण जनताका छोराछोरी पनि क्षमता र हैसियतका आधारमा सत्तामा पुग्ने व्यवस्था ल्याएको बताएका छन् ।

 

गगणतन्त्रले जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्यसत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको भन्दै प्रचण्डले यसबाट सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिङ्ग र सँस्कृतिका जनसमुदायको अधिकार स्थापित गरेको बताएका छन् । जनतालाई दास र रैती वा प्रजाबाट, नागरिकको हैसियत प्रदान गरेको गणगन्त्र ल्याउन संविधानमै लिपिबद्ध गरेको भन्दै उनले तर, फेरिएको व्यवस्था अनुकूल जनताको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार भने अझै बाँकी नै रहेको स्वीकारेका छन् ।

 

नेकपा माओबादीको सचेत पहल र आम उत्पीडित जनसमुदायको बलिदानपूर्ण सहभागितामा भएको १० वर्षे महान् जनयुद्धको जग र अन्य गणतान्त्रिक शक्तिहरूको सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको तथ्य इतिहासमा स्वर्णिम अक्षरले लेखिएको भन्दै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्ति माओबादीलाई नै थप बलियो बनाउँन आग्रह गरेका छन् । त्यसका लागि गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आवश्यक रहेकोमा मउनले जोड दिएका छन् । 

गणतन्त्र दिवसको शुभकामना !

गणतन्त्र दिवस २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिका लागि महान् जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता तथा घाइते योद्धाहरूको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गर्दछु ।

 

नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । यसले पितृसत्तात्मक जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसले सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ । यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्णरुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार अझै बाँकी नै छ ।

 

हाम्रो पार्टीको सचेत पहल र आम उत्पीडित जनसमुदायको बलिदानपूर्ण सहभागितामा सञ्चालित महान् जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिहरूको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको तथ्य इतिहासमा स्वर्णिम अक्षरले लेखिसकिएको छ । गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो । अहिले एकातिर सरकार सञ्चालनमा देखिएका बेथितिका कारण जनतामा निराशा र असन्तुष्टि बढाउने काम भइरहेको छ भने अर्कोतिर त्यसलाई आफ्नो पुनरुत्थानको आधार बनाउने दिवास्वप्नका साथ प्रतिगामी तत्वहरू गणतन्त्रविरुद्ध सल्बलाउने प्रयत्न गर्दैछन् । यो बेलामा यथास्थिति र प्रतिगामी दुबै खाले हर्कतका विरुद्ध संघर्ष गर्दै गणतान्त्रिक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतान्त्रिक शक्तिहरूको कार्यभार बन्न पुगेको छ ।

 

अन्त्यमा, गणतन्त्र दिवसले हामी सबैमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिहरूबीचको बलियो एकता र सहकार्यका साथ फेरिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

पुष्पकमल दाहाल 'प्रचण्ड'

अध्यक्ष

१५ जेठ, २०८२

नेपाल संवत्: ११४५ तछलाथ्वः ३.९