सोलुमा हत्या आरोपमा १ पक्राउ

१ दिन अघि

२0८२ जेष्ठ १८ शनिबार
सोलुमा हत्या आरोपमा १ पक्राउ

सोलुखुम्बु, जेठ १७ 

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ का ४० वर्षीय प्रेमकुमार कुलुङ राईको हत्या आरोपमा सोठी ठाउँका २६ वर्षीय रघु कुलुङ राई पक्राउ परेका छन् । जेठ १४ गते  सामान्य वादविवादको क्रममा रघुले प्रेमकुमारलाई बाँसको भाटा र लाठ्ठीले शरिरको बिभिन्न भागमा कुटपिट गर्दा उनको ज्यान गएको प्रहरी भनाई छ । 


कुटपिटबाट गम्भीर घाईते भएका प्रेमकुमारको महाकुलुङ आधारभुत अस्पताल बुङमामा उपचारको क्रममा शुक्रकार निधन भएको हो । घटनामा संलग्न रघुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारवाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।