माओबादी प्रदेश अध्यक्ष मिक्सोद्वारा वडाध्यक्षलाई बधाई 

५ महिना अघि

२0८१ मंसिर २0 बिहीबार
माओबादी प्रदेश अध्यक्ष मिक्सोद्वारा वडाध्यक्षलाई बधाई 

उदयपुर, मङ्सिर २०

नेकपा (माओबादी केन्द्र) १ नं. प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले त्रियुगा नगरपालिका १२ का नवनिर्वाचित वडाध्यक्ष नविनकुमार बान्तवा राईलाई बधाई दिएका छन् । बिहीबार उदयपुर आएका अध्यक्ष मिक्सोले पार्टी कार्यालय गाईघाटमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष राईलाई अविर, खादा र अविर लगाएर बधाई दिएका हुन् । 


वडाध्यक्ष राईलाई बधाई दिदै अध्यक्ष मिक्सोले उपनिर्वाचनको नतिजाले माओबादी नेता कार्यकर्तामा उत्साहको सञ्चार हुनुका साथै पार्टीको मनोबल बढको बताए । ेयो अवससरमा जनप्रतिनिधिले जनताको भावना र मर्म अनुसार दत्तचित्त भएर सेवा गर्नुपर्ने उनको सुझाव थियो । 


अध्यक्ष मिक्सोले माओबादी पार्टीले १० वर्षे जनयुद्धबाट देशमा सङ्घीयता, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्थासहितको परिवर्तन ल्याएको भन्दै त्यसको सँस्थागत विकास गर्दै जनताको अवस्था बदल्नेगरी काम गर्न नप्रतिनिधिहरुको अहम् भूमिका हुने बताए । 


०७९ को चुनावमा तेस्रो सानो दल भएको माओबादीले सरकारमा पुगेर भ्रष्टाचारविरुद्ध अभियान छेँड्नुका साथै सुशासन र जनपक्षीय काम गरेर जनताको मन जित्न सफल भएको अध्यक्ष मिक्सोले बताए । त्यसैको प्रमाणस्वरुप भर्खर सम्पन्न उपनिर्वाचनमा एक गाउँपालिका अध्यक्ष, १ नगरपालिका उपमेयर र २ गाउँपालिका उपाध्यक्षसहित ७ जना वडाध्यक्ष जितेको उनको भनाई थियो ।
 

देशमा प्राप्त परिवर्तनलाई सँस्थागत गर्दै जनताको भित्री मनसँग मनि मिलाएर सेवामा तल्लीन हुन अध्यक्ष मिक्सोले जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य, संविधानसभा सदस्य मोहन खत्री, प्रदेश सदस्य, जिल्ला सदस्य तथा नगर कमिटीमा आबद्ध नेता कार्यकर्ताहरुको सहभागिता थियो ।


त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव काशीकुमार कार्कीले गरेका थिए भने स्वागत मन्तव्य उपनिर्वाचन प्रचार कमिटी संयोजक नरबहादुर कार्कीले गरेका थिए ।