आज त्रियुगा नगरपालिकामा सार्वजनिक बिदा   

१ महिना अघि

२0८२ बैशाख ७ आईतवार
आज त्रियुगा नगरपालिकामा सार्वजनिक बिदा   

उदयपुर, वैशाख ७

नगर प्रहरीको निधनमा आईतबार त्रियुगा नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नगर प्रहरी रामकुमार थापा मगरको अघिल्लो दिन निधन भएकाले शोक विदा दिइएको नगरपालिकाले जनाएको छ । 


नगरप्रहरी मगरको शनिबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर निधन भएको थियो । त्रियुगा नगरपालिका १४ साउने पुङमाङका स्थायी बासिन्दा मगर घर नजिकैको चिउरीको रुख चढेर घाँस काट्दै गर्दा चिप्लेर लडी गम्भीर घाईते भएका थिए । उनको घट्नास्थलमै निधन भएको वडाध्यक्ष हिमराज मगरले बताएका छन् । 

 

नगरपालिकाले एक सूचना जारी गरी आईतबार आकस्मिकबाहेक नगरपालिका, वडा, शिक्षा, स्वास्थ्य सबै कार्यालयहरुमा सार्वजनिक विदा दिइएको जनाएको छ ।