चट्याङको आगोले रौतामाईमा घर ध्वस्त

३ हप्ता अघि

२0८२ बैशाख १५ सोमबार
चट्याङको आगोले रौतामाईमा घर ध्वस्त

उदयपुर, बैशाख १५
 

गएराति वर्षासँगै परेको चट्याङका कारण जिल्लाको रौतामाई गाँउपालिकामा घरमा आगलागी भएर धनमाल नष्ट भएको छ । चट्उाङको झट्काबाट उब्जेको आगो लागेर रौतामाई ५ ढुकुरचुङका चक्रबहादुर राईको घर जल्दा करिब ५ लाख ५० हजार बराबरको क्षति भएको छ ।


 

जिल्ला प्रहरी कार्उालय उदयपुले दिएकबध जानकारी अनुसार  मध्यराति १२:०० बजे हावाहुरी र वर्षासँगै परेको चट्याङको आगोले राईको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात र घरसँगै रहेको बाख्राको खोर, सुंगुरको खोर र  खोरमा रहेको एउटा सुगुरसमेत पूर्ण रुपमा जलेर  मरेको छ ।आगलागीले राईकध करिब ५ लाख ५० हजार बराबरको धनमाल क्षति भएको पीडित परिवारलाई उद्धृत गर्दै  प्रहरीले  जनाएको छ । 


 

रातिको समय भईकाले प्रहरी र स्थानीय जुट्न समय लागेकाले आगो विहानसम्ममा आफै नियन्त्रणमा आएको जिल्ला प्रहरी निरीक्षक धनकुमारी राईले बताईन् । घट्ना सम्बन्धमा थप कारबाहीको लागि अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट खटेकबध टोली खटाइएको ईन्स्पेक्टर राईले बताएकी छिन् ।