३ हप्ता अघि
२0८२ बैशाख १८ बिहीबारकटारी, वैशाख १८
कटारी नगरपालिका ६ सोमबारेमा बिहीबार साँझ स्कारपियो दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ । ६ जना घाईते भएका छन् । मदन भण्डारी लोकमार्ग अन्त्र्गत सोमबारेमा साँझ ५ः०० बजे मे १ च ३०४० नं. को स्कारपियो दुर्घटनामा पर्दा झापाको दमक नगरपालिका ३ का ५५ वर्षीय माधव बस्नेतको निधन भएको हो ।
चितवनबाट झापातर्फ जाँदै गरेको स्कारपियो आफै अनियन्त्रित भई सडकछेउको फलामे ट्रष्ट बेरियरमा ठोक्किएर दुर्घटना हुँदा बस्नेत गम्भीर घाईते भएका थिए । इलाका प्रहरी कायाृलय कटारीको टोलीले उद्धार गरी उपचारार्थ कटारी अस्पताल पठाएकोमा बस्नेत चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा परी जीपमा सवार ६ यात्रु घाईते भएका छन् । चालक दमक ९ का ३८ वर्षीय देबेन्द्र तामाङ, दमक १० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक ६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक २ का ३८ वर्षीय नबिन खतिवडा र झापाकै गौरादह नगरपालिका १ का ५४ वर्षीय भुवन दाहाल घाईते भएका छन् । उनीहरु सबैको कटारी अस्पतालमा उपचार भईरहेको छ ।
इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी कमल बजगाईको कमाण्डमा खटेको टोलीले घाईतेहरुको उद्धार गरी उपचारार्थ अस्पताल लगेको हो । मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमै राखेर आफन्तलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।