३ हप्ता अघि
२0८२ बैशाख २0 शनिबारखोटाङ, वैशाख २०
खोटाङको खोटेहाङ गाउँपालिकामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का घण्टीवालाहरु हरियो घर रित्याउँदै नेकपा (माओबादी केन्द्र)को रातो झण्डामुनि गोलबन्द भएका छन् । खोटेहाङ गाउँपालिका कार्यसमिति सभापति प्रदीप आचार्यसहित समिति नै माओबादीमा समाहित भएको हो ।
खोटेहाङमा आयोजित माओवादीको प्रशिक्षण कार्यक्रममा रास्वपाका अधिकारीहितको समिति मात्र होईन, नेकपा (एमाले)बाट ०७९ को स्थानीयतह निर्वाचनमा ४ नं. वडा सदस्य विजेता किरण राई पनि माओवादीमा प्रवेश गरेका छन् । नेमालेको खोटेहाङ गाउँ पार्टी सचिवालय सदस्यसमेत रहेका सदस्य राईसँगै एमालेका अर्का सचिवालय सदस्य प्रकाश कटुवाल पनि माओबादीमा प्रवेश गरेका छन् ।
प्रशिक्षण समापन कार्यक्रममा शुक्रबार रास्वपा तथा एमालेमा आबद्ध नेता कार्यकर्ता माओबादी प्रवेश गरेका हुन् । माओबादी प्रवेश गर्दै अधिकारीले पार्टीको केन्द्रीयस्तरका नेताहरुको कार्यशैली तथा पार्टीको नीति कार्यक्रम जनपक्षीय नभएकाले छाड्न बाध्य भएको बताए ।
नवप्रवेशी नेताहरुलाई माओवादीका केन्द्रीय सदस्य तथा खोटाङ पार्टी इन्चार्ज समिता कार्की ‘अस्मिता’, जिल्ला समन्वय कमिटी संयोजक दीपक पाण्डे ‘आकाश’, खोटेहाङ पार्टी इन्चार्ज तथा गाउँपालिका अध्यक्ष उदिमवहादुर राई ‘मुक्ति’ले खादा, माला र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँ पार्टी अध्यक्ष तथा पार्टीनिकट योङ कम्युनिष्ट लिग (वाईसिएल) केन्द्रीय सदस्य किशान राई, खोटेहाङ पार्टी कमिटी अध्यक्ष दिपेन थुलुङलगायतको पनि सहभागिता थियो ।
माओबादी प्रवेश गर्दै रास्वपा पूर्वसभापति अधिकारीले रास्वपाको कुनै नीति, सिद्धान्त र कार्यक्रम नहुनु, सस्तो लोकप्रियताबादको पछि लाग्नु, एकजना व्यक्तिले पार्टी चलाउने कमजोरीहरु औँल्याए । सस्तो लोकप्रियताबादको पछि लागेर भेला भएको जमातले गठन गरेको रास्वपाको भविष्य नभएको पनि अधिकारीले स्पष्ट पारे । उनले माओबादी स्पष्ट नीति, सिद्धान्त, दर्शनका साथ १० वर्षे जनयुद्ध र सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्थाको जन्मदाता भएको तथा महिला, दलित, पिछडाबर्ग, सीमानतकृत सबैको सहभागिता गराउने एकमात्र राजनीतिक दल भएकाले आफुहरु ऋाकर्षित भएको बताए । मूलक युग र समयले मागेको पार्टी भएकाले निशर्तरुपमा प्रवेश गरेको बताए ।
स्वागत गर्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिताले नवप्रवेशीहरुलाई पार्टीले सम्मानसहित छिट्टै उचित जिम्मेबारी दिने बताईन् । नेपाली जनताको मुक्तिको एउटै सहारा माओबादी भएको भन्दै आगामी ०८४ को निर्वाचनमा स्थनीयदेखि प्रदेश र सङ्घ तीनैतहमा एकछत्र बहुमत ल्याएर शान्तिपूर्ण राजनीतिबाट देश निर्माणकोमियो बन्ने उनले बताईन् ।
संविधानसभा सदस्यसमेत रहेकी नेतृ अस्मिताले पछिल्लो १ वर्षयता देशभर माओवादी केन्द्रप्रति जनााकर्षण र जनलहर बढ्दै गएको भन्दै यले माओवादी जनताको भरोसाको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गरिन् । यसो हुनुमा पार्टीको नीति कार्यक्रम राम्रो तथा परिवर्तनको मुख्य संबाहक माओबाबदी नै भएकाले पार्टीप्रति जनताको आकर्षणे बढेको उनको निश्कर्ष थियो ।
माओवादीले खोटाङका १० वटै स्थानीयतहहरुको अधिवेशन गर्दै जनतासँग जोडिएर विभिन्न कार्यक्रम गर्ने क्रममा विभिन्न् पार्टी परित्याग गरी प्रवेश तथा समायोजन र प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको छ । पार्टी जिल्ला संयोजक आकाशले खोटाङमा माओबादी सङ्गठन यसअघिभन्दा धेरै मजबुत भईसकेको भन्दै ०८४ मा फलदायी र उत्साहजनक नतिजा ल्याउने गरी पार्टी सङगठन निर्माणमा जुटिरहेको बताए ।