किराती मोर्चाको दक्षिण कोरिया भेला आयोजक कमिटी गठन 

२ हप्ता अघि

२0८२ बैशाख २३ मंगलवार
किराती मोर्चाको दक्षिण कोरिया भेला आयोजक कमिटी गठन 

दक्षिण कोरिया, वैशाख २३

दक्षिण कोरियामा कार्यरत किराती युवाहरुले नेकपा (माओबादी केन्द्र) निकट किराँती राष्ट्रिय मुक्तिमोर्चाको  भेला आयोजक कमिटी गठन गरेका छन् । सोमबार भएको भच्र्युअल भेलाले ‘किराती राष्ट्रिय मुक्तिमोर्चा, दक्षिण कोरिया भेला आयोजक कमिटी’ गठन गरेको हो । 


प्रवासमा रहेका किराती युवाहरुलाई सङ्गठित बनाउदै अधिकार र पहिचानको अभियानमा लगाउने उदेश्यले आयोजक कमिटी गठन गरिएको उदयपुरका सुरज किरातीले बताए । खोटाङका सञ्जाल किरातीको संयोजकत्वमा गठित २३ सदस्यीय कमिटीको सदस्यमा विभिन्न जिल्लाको प्रतिनिधित्व गराइएको छ । 


किराती समुदायको महान् चाड ‘साकेला उभौली ५०८५’को शुभकामना आदानप्रदान गर्दे सम्पन्न भच्र्युअल भेलाले भोजपुरका राम साम्पाङ, फूलमान राई र ज्योतिहाङ राई सदस्य रहेका छन् । त्यस्तै उदयपुरका प्रदिप राई र देव राई, सिम्पल राई, डिम्पल राई,  उदयपुरकै जीवन चामलिङ, देवान चामलिङ र किसन राई सदस्य चयन भएका छन् । 

 

अन्य सदस्यमा खोटाङका टियास राई, लोकेन्द्र राई र  अनोज चामलिङ रहेका छन् भने सोलुखुम्बुका उत्तम कुलुङ, हिरादेवी राई, लोचन थुलुङ र अनिश कुलुङ छन् । त्यसैगरी ओखलढुङ्गाका च्वाईस किराती ‘बिगब्याङ’ र दुर्याेधन राई, मोरङका सागर किराती, धनकुटाका निर्मल राई र सुनसरीका भरत राई पनि सदस्य छानिएका छन् । 


भेलाका प्रमुख अतिथि किराती राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय उपाध्यक्ष अशोक राईले प्रवासमा कार्यरत किराँती समुदायलाई एकत्रित गर्दै पहिचान, समृद्धि र विकासको अभियामा आवाज उठाउने उदेश्यले कोरियाको विभिन्न ठाउँमा पेशा व्यवसाय गर्दै आएका युवाहरुलाई कमिटीमा आबद्ध गराइएको बताए । अहिलेको विज्ञान प्रविधिको युगमा संसारभर छरिएर रहेका किराती युवाहरु प्रविधिकै प्रयोगमार्फत एकजुट भएर पहिचान, अधिकार र परिवर्तनका लागि योगदान गर्न सक्ने आसयले कमिटी गठन गरिएको उनले बताए । 


प्रवासमा रहँदा आर्जन गरेको सीप, ज्ञान र अनुभवलाई नेपाली समाज र राष्ट्र निर्माणमा सदुपयोग गर्न सुझाउँदै राईले त्यसले समुदाय, समाज र देशलाई समृद्धितर्फ अग्रसर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए । सङ्घीयता र गणतन्त्रका लागि भएको १० वर्षे जनयुद्ध सफल पार्न महत्वपूर्ण भूमिका खेलेको किराती राष्ट्रिय मुक्तिमोर्चा पहिलो संविधानसभा निर्वाचनपछि निश्कृय हँुदै गएको भन्दै उनले मोर्चाको निश्किृयताले इतिहास र पहिचानको मुद्दा ओझेलमा पर्दै गएको बताए । 


त्यसैगरी माओवादीको जनप्रगतिशिल मञ्च दक्षिण कोरियाका अध्यक्ष जीवन खतिवडाले माओबादीले अव पहिला गरेको गल्ती सच्याउँदै आगामी दिनमा त्यस्तो गल्ति नदोहो¥याई अघि बढ्नुपर्ने बताए । उनले विश्वभर छरिएर रहेका उर्जाशील किराती युवाहरु मोर्चामा सङ्गठित भई ऐतिहासिक पहिचानको मुद्दा र वर्गीय आन्दोलन सफल पार्ने अभियानमा सामेल हुन आव्हान गरे । दक्षिण कोरियामा मोर्चाको आयोजक कमिटी गठन गर्नु पहिलो र सुखद कदम भएको पनि खतिवडाले बताए । 


जनप्रगतिशिल मञ्च दक्षिण कोरियाका उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका उपाध्यक्ष बिबि स्याङ्तान र तामाङ राष्ट्रिय मुक्तिमोर्चा दक्षिण कोरियाका अध्यक्ष सुनिल तामाङले पहिचान र अधिकार प्राप्तीका लागि विश्वभरका किराती युवाहरु एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए । 


पूर्व लडाकुसमेत रहेका उदयपुरको ताप्ली स्थायी घर भई कोरियामा कार्यरत सुरज किरातीका अनुसार किरात इतिहास, पहिचान र अधिकारको रक्षा गर्दै सबै जातजाति, भाषाभाषी, बर्ग, समुदाय र तहतप्काका लागि किराती राष्ट्रिय मोर्चा लड्न मोर्चा गठन गरिएको हो । जातीय पहिचान र मुक्तिसँगै वर्गीय मुक्ति र समग्र नेपाली समाजको समृतिका लागि दक्षिण कोरियामा रहेका किराती युव मोर्चामा आबद्ध भएको उनले बताए । 


‘हामी हाम्रो समुदायका लागि मात्र होईन, समग्र नेपालीको पहिचान, अधिकार र देशलाई समृद्ध र विकासका लागि सङ्घर्ष गर्न मोर्चामा आबद्ध भएका हौँ’ किरातीले भने ‘१० वर्षे जनयुद्ध लडेका हामी विदेशमा दास बन्न बाध्य छौँ, यस्तो समस्या अन्त्य गर्दै नेपालमै गरिखाने वातावरण बनाउन समग्र नेपाली समाज समृद्ध हुनुपर्छ, त्यसका लागि मोर्चा लागी पर्नेछ ।’