२ हप्ता अघि
२0८२ बैशाख २४ बुधबारखोटाङ, वैशाख २४
खोटाङमा विद्युतीय करेन्ट लागेर एक कामदारको निधन भएको छ । सोमबार बेलुका ६ः०० बजेको समयमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका ७ का ३९ वर्षीय विकास राईले करेन्ट लागेर निधन भएको हो ।
बिद्युतको पोल चढेर ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर राईको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटेको टोली मङ्गलबार घटनास्थल पुगेर सत्यतथ्य पत्ता लगाउने काम भईरहेको छ ।
मृतकको शव जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको र पोष्टमार्टम गरी आफन्तलाई जिम्मा दिने तयारी हुँदैछ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।,