वाईसिएल लिमचुङबुङ अध्यक्षमा विश्वदिप्र 

२ हप्ता अघि

२0८२ बैशाख २५ बिहीबार
वाईसिएल लिमचुङबुङ अध्यक्षमा विश्वदिप्र 

बाराहा, वैशाख २५

नेकपा (माओबादी केन्द्र)निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल लिमचुङबुङको अध्यक्षमा विश्वदिप राई चयन भएका छन् । बुधबार सम्पन्न प्रथम गाउँ सम्मेलनले राईको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको हो । 

 

सर्वसम्मत चयन भएको कमिटीका ३ उपाध्यक्षमा क्रमशः महेश राई, कविन राई र तारा माझी रहेका छन् । त्यस्तै सचिव मणिराज राई, ३ सहसचिव कुमाबुङ राई, जितेन्द्र मगर र राजन परियार छानिदा कोषाध्यक्षमा सञ्चिता राई चयन भएएकी छिन् । 

 

३ नं. वडा बाराहास्थित धुलेडाँडामा आयोजित सम्मेलनको उद्घाटन वाइसिएल गाउँ इन्चार्ज रञ्जना राईले गरेकी थिईन् । कार्यक्रममा माओबादी गााउँ पार्टी अध्यक्ष भिम किरातीलगायत नेताहरु तथा वाईलिएलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको वाईसिएल नेता राजेश चामलिङले बताए ।