अनेमसङ्घ त्रियुगामा गोमा 

२ हप्ता अघि

२0८२ बैशाख २६ शुक्रबार
अनेमसङ्घ त्रियुगामा गोमा 

गाईघाट, वैशाख २६

नेकपा (माओवादी केन्द्र)को महिला सङ्गठन अखिल नेपाल महिला सङघ (क्रान्तिकारी)को त्रियुगा नगर कमिटी अध्यक्षमा गोमा ढुङ्गाना चयन भएकी छिन् । सङ्घको बिहीबार सम्पन्न दोस्रो नगर सम्मेलनले ढुङ्गानाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको हो । 


सर्वसम्मत चयन भएको नगर कमिटीकाको अन्य पदाधिकारीमा उपाध्यक्षमा मैया कटुवाल, सचिव गोमा राई, सहसचिव रेश्मा ठकुरी र कोषाध्यक्ष रिता रोका बिक चयन भएको निर्वाचन मण्डलका संयोजक राधारमन खतिवडाले बताए । उनका अनुसार सदस्यमा दुर्गा बिक, बुद्धमाया तामाङ, कल्पना नेपाली, सम्झना राई, कृष्णा राई, रेश्मा साही, रिताशंकर बिक, मन्जु बिक, होमकुमारी बिक, मस्लिरा खातुन, मन्दिरा मन्दुकी मगर, चन्द्रकुमारी कार्की, रेनुका तिम्सिनालगायत रहेका छन् ।

 

यसैबीच पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको दोस्रो नगर सम्मेलन शुत्रबार भईरहेको छ । पार्टी नगर कमिटीकै सभाकक्षमा वाईसिएलको सम्मेलन भईरहेको छ ।


सम्मेलन उद्घाटन कार्यक्रममा १० बर्षे जनयुद्धमा योगदान दिने २५ जना महिला योद्धाहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नारायण बुर्जामगर, अर्की प्रदेशसभा साँसद सम्झना तामाङ (योद्धा), पार्टी केन्द्रीय सदस्य मोहन खत्री (दिपक), अनेमसङ्घ प्रदेश कमिटी अध्यक्ष लक्ष्मी न्यौपानेलगायत नेताहरुले खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 


गाईघाट बसपार्कस्थित पार्टी जिल्ला कार्यालयको सभाकक्षमा सङघकी निवर्तमान अध्यक्ष बिना राईको अध्यक्षमा समपनन सम्मेलनले छनौट गरेको नयाँ कमिटीलाई बिहीबारै सपथ ग्रहण गराइसकिएको छ ।  ,