२ हप्ता अघि
२0८२ बैशाख २६ शुक्रबारगाईघाट, वैशाख २६
दुर्घटनाको हटस्पट बन्दै गएको उदयपुरमा शुक्रबार दिउँसो अर्को दुर्घटना भएको छ । अन्दाजी २ः३० बजे त्रियुगा ननगरापलिका ६ चुरे जङ्गलस्थि लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको ट्रक दुर्घटनामा परी चालक घाईते भएका छन् ।
गाईघाटतर्फ आउँदै गरेको प्र २–०१–००१ ख ००४५ नं को ट्रक चुरे ओरालो ब्रेक फेल भई सडकदेखि मकैबारीमा पसेर दुर्घटना हुँदा चालक मधेस प्रदेशको सिराहा लहान नगरपालिका ३ का ५५ वर्षीय मनशी यादव घाईते भएका हुन् । दुर्घटनामा सहचालकहरु सिराहाकै ननकारकटी गाउँपालिका २क ४७ वर्षीय चन्देश्वर यादव र लहान ननगरपालिका ८ का ४५ वर्षीय मो. साहजत मिया भने सकुसल छन् ।
घाईते चालकको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घट्नाबारे अनुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।