त्रियुगा वाईसिएलमा विशाल, चौदण्डीगढीमा साङ्गेनहाङ, कटारीमा सन्देश

२ हप्ता अघि

२0८२ बैशाख २६ शुक्रबार
त्रियुगा वाईसिएलमा विशाल, चौदण्डीगढीमा साङ्गेनहाङ, कटारीमा सन्देश

उदयपुर, वैशाख २६


नेकपा (माओबादी केन्द्र)को युवा दस्ता योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको स्थानीयतहस्तरीय सम्मेलन धमाधम भईरहेको छ । यसै क्रममा शुक्रबार सदरमुकाम त्रियुगामा विशाल राईको अध्यक्षतामा ३३ सदस्यीय नगर कमिटी गठन भएको छ । 


पार्टी कार्यालय गाईघाटमा आयोजित दोस्रा नगर सम्मेलनले सर्वसममत चयन गरेका कमिटीको उपाध्यक्षमा मधु थापा, पुजना राई र सोमकुमार मगर चयन भएका छन् । थापा त्रियुगा १३ असारी, राई १ बोक्से र मगर १५ नं. खाँबुका हुन् । 


सम्मेलनले सचिवमा त्रिनपा ५ का मणिकुमार राईलाई छानेको छ भने कोषाध्यक्ष १२ नं. वडाका शङ्कर साह, ३ सहसचिवमा १४ साउनेका तेजनारायण थापा मगर, ९ रातमाटेका पुष्पलाल न्यौपाने ५ दमौटीका हिमा राई छानिएका छन् । 


त्यसैगरी उता चौदण्डीगढी नगरपालिकास्तरीय वाइसीएलको शुक्रबारै बेटारमा सम्पन्न सम्मेलनले साङ्गेनहाङ राई नेतृत्वमा २८ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । स्थानीय आँपखहरे सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न नगर सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । 


समितिका उपाध्यक्षमा सरिता माले र रामप्रसाद राई, सचिव सविन मगर, ३ सहसचिव किरणकुमार राई, पर्वत खड्का र केनिस मगरगरी छानिएका छन् भने कोषाध्यक्ष रिजना राई चयन भएकी छिन् । 

 

उता कटारीमा बिहीबारै सम्पन्न सम्मेलनले सन्देश कार्कीको अध्यक्षतामा ३६ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीका उपाध्यक्षमा बिकल बराल, लोकेन्द्र मगर र रेणुका परियार छानिएका छन् । सचिव भेषराजलखतरी, सहसचिव रुद्र शरेष्ठ, बिजय पौडेल र दिनेश श्रेष्ठ छानिदा कोषाध्यक्ष कल्पना राई चयन भएकी छिन् । 

सहसचिव र कोषाध्यक्षमा क्रमश: चयन भईका छन् ।