१ हप्ता अघि
२0८२ बैशाख २८ आईतवारउदयपुर, वैशाख २८
कोदालो प्रहार गरि श्रीमानको हत्या गरेको आरोपमा खोटाङकी एक महिला पक्राउ परेकी छिन् । घरायसी बिबादमा शनिबार विहान ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका ९ की ५३ वर्षीया रेनुका राई पक्राउ परेकी हुन् ।
घरायसी वादबिवादमा आवेशमा आएकी रेनुकाले कोदालोको पासोले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएका श्रीमानलाई तत्काल प्रहरी चौकी अर्खौलेको टोलीले उद्धार गरी थप उपचार गर्न हेलिकप्टरद्वारा काठमान्डौ लगिएको थियो । उनको न्युरो अस्पतालमा उपचारकै क्रममा आईतबार विहान निधन भएको खोटाङ प्रहरीले जनाएको छ । घट्नामा संलग्न श्रीमती रेनुकालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
मृतकको शब पोष्टमार्टमका लागि सोशी अस्पतालमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
त्यसैगरी झापामा पनि शनिबार राति नै एक पुरुषले खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी बिबादको क्रममा राति साढे ८ बजेको समयमा झापाको कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले ३४ वर्षीया श्रीमती पुजा हेमरनलाई धारिलो हतियार खुकरीले घाँटी रेटेर हत्या गरेको प्रहरी भनाई छ ।
घटनाबारे जाेनकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटेको टोलीले श्रीमान कविराजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । मृतकको शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जनाइएको छ ।