साकेला उभौली सुरु

१ हप्ता अघि

२0८२ बैशाख २९ सोमबार
साकेला उभौली सुरु

उदयपुर, बैशाख २९

यसवर्षको साकेला उभौली (धिरिनाम) ५०८५ आईतबारदेखि सुरु चएको छ । सुथानीयहरुले आआफ्नो ठाउको साकेलाथानमा शिकरी र भूमि पुजा गर्दै किराँती समुदायको महान् चाड उभौली विधिवत रुपमा सुरु भएको गरेका हुन् ।

 

धिरिरनाम यसवर्ष विशेष रुपमा मनाउने गरी व्यापक तयारी गरिएको कििरात राई यायोक्खा उदयपुरले जनाएको छ । जस अनुसार सदरमुकाम त्रियुगालगायत जिल्लाका ८ वटै स्थानीयतहमा प्रतियोगी र अप्रतियोगी रुपले साकेला सिली प्रदर्शन गर्ने कार्यक्रम यायोक्खाले तय गरेको जननएको छ । यायोक्खा उदयपुरका अध्यक्ष गङ्गा राईका अनुसार गाउँ, टोल, वडा हुँदै पालिकास्तरको सिली सकेपछि जािल्लास्तरीय स्पर्धा गराइनेछ । जसलाई 'गीता राई स्मृति रनिङ सिल्ड साकेला सिली प्रतियोगिता ०८२' को रुपमा आयोजना गरिने अध्यक्ष राईले बताईन् ।

 

बर्सेनि आयोजना गरिदै आएको प्रतियोगितामा उदयपुरमा विभिन्न समूहका साथै खोटाङ, भोजपुर, सुनसरी, सप्तरी, सिरहा, मोरङ, झापा, पाँचथर, ईलाम, ओखलढुङ्गालगायत जिल्लाबाट प्रतिस्परधी टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजक यायोक्खा त्रियुगा ११, १२ र १३ संयुक्त समिति अध्यक्ष सर्बधन राईका अनुसार यसवर्षको प्रतियोगिताका लागि सिल्ड खरिद गर्नु परेको छ । ३० हजार नगदसहितको रनिङ सिल्ड सुनसरीको तरहरा यायोक्खाले गतवर्षसम्म लगातार ३ पटक जितेर पच गरेको थियो । त्यसकारण ८४ हजार मूल्य तिरेर सिल्ड फर्काइएको अध्यक्ष राईले बताएका छन्। उपविजेतालाई २० हजार तथा चौथो र पाँचौँ पुरस्कार क्रमश: १५ र ७ हजार भने अन्य प्रायोजकले व्यवस्था गर्दै आएका छन् । आयोजक समितिले सोमबार सामुहिक चुला र शिकारी पुजा गर्ने जानकारीसँगै अप्रतियोगी सिली नाच र गीता स्मृति प्रतियोगिताको तालिकासमेत सार्वजनिक गरेको छ ।

 

जस अनुसार सोमबार विहान ७:०० वजे त्रियुगा नगरपालिका ११ साकेलाथानमन शिकारी पुजा गर्न भेला बोलाएको छ । सामुहिक पुजन र शिकारी पुजनफसकेर शुभकामना आदानप्रदानपछि सिली नाच नाच्दै नछुङ (कुल धामी)ले उभौलीको विधिवत सुरुपात गर्नेझन् । धामीकध घोषणापछि सबैतिर सिली नाचको बाटो खुल्नेछ । जस अनुसनर ३० गते बाबरी, जेठ १ गते चाँप, ३ गते जोगिदह, ५ गते बालुवाटार, ८ गते बोक्से, १० गते मोतिगडा, १२ गते चिलाउनेमासिफी प्रदर्शन गरिनेछ ।

 

१ महिना लामो कार्यतालिकामा जेठ १५ गते चुहाडे, १७ गते डहर, २१जलजले गते २४ गते बगाहा, २७ गते श्रीपुर र ३० गते गाईघाटमा सिली नाच नाचिनेछ । जेठ ३१ गते गीता राई स्मृति रनिङ सिल्ड प्रतियोगिता हुने आयोजकले जनाएको छ । क्याप्सन: साकेला उभौली नाचमा सजाइएको किरात कुलपितृ । र गाईघाट साकेला थान । तस्विर: महेश्वर।