किराती मोर्चामा पासाङ, लिम्बुवानमा मुकेश

१ हप्ता अघि

२0८२ बैशाख ३0 मंगलवार
किराती मोर्चामा पासाङ, लिम्बुवानमा मुकेश

धरान, वैशाख ३०

नेकपा (माओबादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्तिमोर्चा र लिम्वुवान राष्ट्रिय मुक्तिमोर्चाको नयाँ नेतृत्व चयन भएको छ । सुनसरीको धरानमा आईतबार सुरु संयुक्त राष्ट्रिय सम्मेलनले रामकुमार राई (पासाङ)लाई किरातीमा र मुक्साहाङ मेयाङ्वो (मुकेश)लाई लिम्बुवानतर्फ अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । 


आईतबार रातिदेखि सुरु भएको बन्द सत्र मङ्गलबार दिउसो मात्र सम्पन्न भएको हो । अध्यक्ष तथा पदाधिकारीमा आकांक्षी धेरै भएका कारण बन्द सत्र लम्बिएको थियो । धेरै आकांक्षीहरुका बीच दुवै मोर्चामा सर्बसम्मत नेतृत्व भयन भएको पार्टी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल)ले बताए । 


नेतृत्वमा आउन नसक्दा केही नेताहरु असन्तुष्ट देखिए पनि सर्वसम्मत कमिटी चयन गर्ने क्रममा कोही तलमाथि भएको र यसलाई स्भाविकरुपमा लिनुपर्ने नेताहरुले बताएका छन् । नेताहरुका अनुसार पहिचानको सवालमा फुटेर होईन जुटेर अघि बढ्नुपर्ने आवक्ता रहेकाले चुनावी प्रतिस्पर्धा गर्नुभन्दा सर्वसम्मत नेतृत्व चयनमा जोड दिइएको हो । 


निर्वाचित दुवै मोर्चाका अध्यक्षलगायत पदाधिकारीले १ नं. प्रदेशको नाम पहिचानको आधारमा पुन नामाङ्कन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशको नाम पहिचानविरोधी राखेको भन्दै पहिचानपक्षधर सङ्घ सँस्थाहरु नामाकरण भएदेखि नै आन्दोलन गर्दै आएका छन् । 


०७८ फागुन १७ गते तत्कालीन एमाले नेतृत्वको प्रदेश सरकारले चारैतिर प्रहरी बल तैनाथ गरी, नामाकरण गर्ने प्रस्ताव प्रदेशसभा बस्नु ४८ घण्टाअघि सांसदहरुलाई जानकारी गराउनुपर्ने सामान्य लोकतान्त्रिक विधि र प्रक्रियासमेत पुरा नगरी नाम राखेको थियो । त्यसविरुद्ध आन्दोलनमा उत्रिएका पहिचानपक्षधरको सङ्घर्षको क्रममा प्रहरीको गोली लागेर पदम लिम्बु (लाजेहाङ) सहिद भएका थिए । 


लिम्बुको ज्यान जानुका साथै पहिचानपक्षधरको आन्दोलनको क्रममा सयौँ आन्दोलनकारी घाईते र अपाङ्गसमेत भएका छन् । पहिचानको आधारमा १ नं. प्रदेशको नाम राख्नुपर्ने मागसहित दर्जन बढी सङ्घसँस्थाहरु आन्दोलन गर्दै आएका छन् । नेकपा (माओबादी केन्द्र) र जनता समाजबादी पार्टीको समर्थनमा  भएको आन्दोलनलाई नेपाली काँग्रेसले पनि विज्ञप्ती जारी गरी समर्थन गरेको थियो ।