२७ एम्पुल लागूऔक्षधसहित युवा पक्राउ

१ हप्ता अघि

२0८२ जेष्ठ १ बुधबार
२७ एम्पुल लागूऔक्षधसहित युवा पक्राउ

उदयपुर, वैशाख ३१

सिराहाको लाहानबाट २७ एम्पुल लागूऔषध लिएर गाईघाट आउँदै गरेका युवा गएराति प्रहरी नियन्त्रणमा परेका छन् । राति पौने ८ः०० बजेको समयमा लाहानबाट आउदै ना १ ज ६८९३ नं. को विङ्गर जीपमा सवार त्रियुगा नगरपालिका १३ का २१ वर्षीय पारश राई पक्राउ परेका हुन् । 


उनको साथबाट ३ प्रकारका प्रतिबन्धित लागूऔषध २७ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सप्तरी र उदयपुरको सीमाना त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीले चेकजाँचको क्रममा लागूऔषध फेला पारेपछि राईलाई नियन्त्रणमा लिएको हो । 


जिल्ला प्रहरी सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार प्रहरीले डाईजेपाम ९फेनारगन ९ र बुप्रिजोर्फिन ९ एम्पुल लागूऔषध बरामद गरेको छ । लागूऔषधसहित जिल्ला प्रहरी हिरासतमा रहेका उनलाई जिल्ला अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाइएको डिएसपी दोङले बताएका छन् ।