१ हप्ता अघि
२0८२ जेष्ठ २ बिहीबारखोटाङ, जेठ १
खोटाङ सदरमुकाम दिक्तेलमा जारी खेलकुद महोत्सुव अन्तर्गत राष्ट्रिय टेबलटेनिसको उपाधि ललितपुरस्थित एभिएम टेबलटेनिस क्लबका सुजन गदालले जितेका छन् । खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा बुधबार साँझ सम्पन्न फाईनलमा रुपन्देहीका बुद्धिमान गुरुङलाई हराउँदै गदाल विजयी भएका हुन् ।
विजेता उदासले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विभिन्न जिल्लाका २६ खेलाडी सहभागी प्रतियोगिताको उपविजेता गुरुङले १२ हजार ५ सय तथा सेमिफाइनलिस्टहरु सुनसरीका सिद्धार्थ तामाङ र एभिएम क्लबकै प्रजिल भट्टराईले जनही ६ हजार २ सय ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
टेबलटेनिसकै जुनियर महिलातर्फ एभिएम क्लबकी साइरा शाक्यले १० हजार राशीको प्रथम उपाधि जितेकी छिन् । उपविजेता बनेकी सोही क्लबकी अर्सना महर्जनले ५ हजार तथा सेमिफाइनलिस्टहरु खोटाङकी टोनिसा पोखरेल र ज्ञानु राईले समान २ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
जुनियर पुरुषतर्फ पनि एभिएम क्लबकै जयस्नु महर्जनले १५ हजार रनदसहितको उपाधि पाएका छन् भने दोस्रो हुने सोही क्लबका प्रजिल भट्टराईले ७ हजार ५ सय र तृतीय रुपन्देहीका बुद्धिमान गुरुङ र समिर खत्रीले समान ब् हजार ७ सय ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
वैशाख २७ गते सुरु प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुने महोत्सव साझेदार सँस्था नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष तथा महोत्सव आयोजक संयोजक सञ्जय राईले बताएका छन् । ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव २०८२’ अन्तर्गत महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा स्पर्धा भईरहेको छ ।