उदयपुरगढी माओबादी अध्यक्षमा गङ्गा

६ दिन अघि

२0८२ जेष्ठ ५ आईतवार
उदयपुरगढी माओबादी अध्यक्षमा गङ्गा

उदयपुर, जेठ ४

 

नेकपा (माओबादी केन्द्र) उदयपुरगढी अध्यक्षमा गङ्गाराई चयन भएकी छिन् । नवगठित ३९ सदस्यीय गाउँ पार्टी कमिटीको शनिबार सम्पन्न बैठकले राईलाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

 

 

बैठकले ३ उपाध्यक्षमा क्रमशः मनोज कार्की, भुवन केप्छाकी मगर र नरबहादुर तामाङलाई छानेको छ । सचिव होम बस्नेत, सहसचिव किरण लुङ्गेली मगर र कोषाध्यक्षमा रुद्र राना मगर चयन भएको पार्टी प्रदेस सदस्य काजीमान तामाङले बताए ।

 

 

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज मणि खम्बुसहित प्रदेश कमिटी सदस्यहरु, जिल्ला समन्वय सदस्यलगायत नेताहरुको उपस्थितिमा सम्पन्न पदाधिकारी चयनपछि सोही साँझ सपथग्रहण कार्यक्रम सम्पन्न भएको पारटीले जनाएको छ ।